'रेम्डेसिभिर' अब नेपालमै बन्ने



Download our app to get more features

काठमाडौं, ५ जेट । कोरोना सङ्क्रमितहरुको उपचारमा प्रयोग हुँदै आएको रेम्डेसिभिर अब नेपालमै उत्पादन हुने भएको छ । 

नेशनल हेल्थ केयरले रेम्डेसिभिर उत्पादनका लागि औषधि व्यवस्था विभागबाट अनुमति पाएको हो ।

नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले नेपाली र सम्पूर्ण औषधि उत्पादनकर्ताका लागि यो खुशीको क्षण रहेको बताए ।

हाम्रो डक्टर न्यूजसँग कुराकानी गर्दै उनले उत्पादनका लागि अनुमति पाउनु भनेको उत्पादन प्रक्रिया सुरु भइसकेको र यसले नेपालीलाई धेरै सहज हुने बताए ।

उनले भने, 'महामारीको यस शंकटको बेला नेपालमै रेम्डेसिभिरको उत्पादनले धेरै सहज हुनेछ । अहिले हामी मुश्किलले बाहिरबाट औषधि आयात गर्दै आएका थियौं । नेपालमै उत्पादन सुरु भएपछि धेरै सहज हुनेछ  ।'

महासचिव अधिकारीले उत्पादन अनुमति पाइसकेको हुँदा सम्भवतः अबको १५/२० दिनमै औषधि बजारमा आउने पनि बताए ।

नेपालमै रेम्डेसिभिर उत्पादन हुन थालेपछि नेपालीले कति मूल्यमा खरिद गर्न पाउँछन् भन्ने प्रश्नमा अधिकारीले भने 'हामीले औषधि बनाउनु नै ठूलो कुरा हो । व्यापारिक रुपमा अहिले गइनसकेकाले बाहिरबाट आयात भएकै मूल्यको हाराहारीमा पाउँछन् होला ।'

Last modified on 2021-05-20 09:35:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts