चितवनमा गत २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु, २ सय ६० जना आईसीयूमा
चितवन, ५ जेठ । चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित मध्य गत २४ घण्टामा २० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा उपचाररत् ७ जना, चितवन मेडिकल कलेजमा उपचाररत् ५ जना, कलेज अफ मेडिकल साइन्सेस ९पुरानो मेडिकल कलेज० मा उपचाररत् ५ जना र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल उपचाररत् ३ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ६ जना चितवनका छन् भने बाँकी १४ जना विभिन्न जिल्लाबाट यहाँ उपचारका लागि आएका मध्यबाट छन् ।
योसँगै चितवन जिल्लाका संक्रमितमध्ये अहिलेसम्म एकसय ८२ जनाको मृत्यु भएको छ ।
एकैदिन ५१ जना डिस्चार्ज
गत २४ घण्टाभित्र चितवनका ४ ठुला अस्पतालमा उपचाररत् संक्रमितमध्ये ५१ जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार भरतपुर अस्पतालमा उपचाररत् १९ जना, चितवन मेडिकल कलेजमा उपचाररत् १४ जना, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा उपचाररत् १६ जना र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल उपचाररत् २ जना निको भएर घर फर्किएका हुन ।
जिल्लाभर ५ सय ५१ जना उपचाररत्, ५९ जना भन्टिलेटरमा
स्वास्थ्य कार्यालयका अनुसार अहिले जिल्लाका विभिन्न अस्पतालमा गरी ५ सय ५२ जना उपचाररत् छन् ।
जसमध्ये चितवनका ४ ठुला अस्पतालमा र अन्य साना अस्पतालमा समेत गरी २ सय ६० जनाको आईसीयू र ५९ जनाको भन्टिलेटरमा उपचार चल्दै छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।