कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने रेम्डेसिभिर आयात गर्दा कर नलाग्ने 



Download our app to get more features

काठमाडौं, ५ जेठ । सरकारले कोरोना विरुद्धको उपचारमा प्रयोग भइरहेको रेम्डेसिभिर इन्जेक्शनको आयातमा लाग्ने सम्पूर्ण कर, महसुल तथा शूल्क पूर्ण रुपमा छूट गरेको छ । अर्थ मन्त्रालयका अनुसार भन्सार उपशीर्षक ३००४.९०.९० मा पर्ने रेम्डेसिभिरको आयातमा लाग्ने कर छूट दिइएको हो ।

अब आयातकर्ताले रेम्डेसिभिरको अधिकतम खुद्रा मूल्य सार्वजनिक गरि सर्वसुलभ रुपमा बिक्रि वितरण गर्नुपर्नेछ । यसरी भन्सार महसुल छूटमा आएका औषधि उद्देश्यअनुसार प्रयोग भए नभएको र प्रदान गरिएको राजस्व छूट अनुसार रकम उपभोक्ताले मूल्यमा समायोजन पाए नभएको अनुगमन भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाक्षिक रुपमा गर्ने व्यवस्था मिलाउनु पर्ने निर्णय समेत अर्थ मन्त्रालयले गरेको छ ।

यसअघि अर्थले अक्सिजन सिलिण्डरसहितका मेडिकल सामग्री आयातमा समेत भन्सार छुट गर्ने निर्णय गरेको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts