चीनले उपलब्ध गराएको स्वास्थ्य उपकरण काठमाडौं आइपुग्यो



Download our app to get more features

काठमाडौं, ५ जेठ । चीनको सिचुवान प्रान्तले सहयोग गरेको स्वास्थ्य उपकरण नेपाल आइपुगको छ। नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले ट्वीटर मार्फत मेडिकल उपकरणहरु काठमाडौं आइपुगेको जानकारी दिइन्। 

सिचुवान प्रान्तले सरकारलाई सहायता स्वरुप प्रदान गरेको ५ करोड ५५ लाख रुपैयाँभन्दा बढीको कोभिडविरुद्धको स्वास्थ्य सामग्री विमान चार्टर गरी पठाएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, पिपिइ, मास्क लगायतका अत्यावश्यक स्वास्थ्य सामग्रीहरु आएको छ।

यसअघि चीनले ४ सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेटर सहयोग गरेको थियो।

Last modified on 2021-05-19 16:59:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts