सरकारी केन्द्रीय अस्पताल नै मापदण्डविपरीत

What's This?


Download our app to get more features

काठमाण्डौं, १४ साउन । सरकारले विशेषज्ञ सेवा दिने र शल्यक्रिया गरिने अस्पतालहरुमा पाँचदेखि १० प्रतिशत शय्यासम्म आइसियू(क्रिटिकल केयर युनिट)का लागि हुनुपर्ने नियम बनाएको छ ।

तर, राजधानीमा सञ्चालनमा रहेका अधिकांश सरकारी केन्द्रीय अस्पतालमा त्यस्तो मापदण्ड नभएको पाइएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । 

सरकारले केन्द्र्रीय अस्पताल भनेर तोकेको टेकुस्थित शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालमा आइसियूको एउटा बेड पनि छैन । आइसियू कक्ष पर्याप्त नहुँदा जटिल अवस्थामा पुगेका धेरै बिरामी निजी अस्पतालमा महँगो शुल्कमा उपचार गर्न विवश छन् । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० ले कुनै पनि अस्पताल सञ्चालन गर्न कम्तीमा पाँच प्रतिशतदेखि १० प्रतिशतसम्म आइसियूका लागि शय्या तयार गर्नुपर्ने उल्लेख छ ।

सरकारी अस्पतालमा आइसियू नभएपछि त्यहाँका बिरामी निजी अस्पतालमा उपचारका लागि जाने गरेका छन् । तर, निजी अस्पतालमा कति बिरामी जान्छन् भन्ने वास्तविक तथ्यांक कुनै पनि अस्पतालले राखेका छैनन् । 

किन थपिँदैनन् आइसियू ? 

धेरैजसो अस्पतालहरुले आइसियू सञ्चालनमा धेरै खर्च हुने हुँदा थेग्न नसकिने बताउँदै आएका छन् । कतिपयले भने पर्याप्त स्थान नुहँदा समस्या भएको बताएका छन् । 

एउटा आइसियू सञ्चालन गर्न एकजना विशेषज्ञ चिकित्सक र एउटा बेडमा एकजना नर्स अनिवार्य हुन्छ । दिनमा तीन सिफ्ट र एकजना तयारी अवस्थामा गरी एकजना बिरामीलाई चारजना स्टाफ नर्स आवश्यक पर्छ । अर्को एक सहयोगीको पनि आवश्यकता हुन्छ । 

जसले गर्दा जनशक्ति पनि बढी लाग्ने वीरका निर्देशक डा. पण्डित बताउँछन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts