अक्सिजन पाइप लाइन र प्लाण्ट बनाउन थप १२ अस्पतालमा १७ करोड निकासा 



Download our app to get more features

काठमाडौं, ४ जेठ । अर्थ मन्त्रालयले थप १२ अस्पतालमा अक्सिजन पाइप लाइन र प्लाण्ट स्थापना गर्न १६ करोड ८० लाख बजेट निकासा गरेको छ। 
मन्त्रालयले ११ अस्पतालमा अक्सिजन प्लान्ट र १ अस्पतालमा पाइप लाइन विस्तारका लागि १६ करोड ८० लाखसमेमको खरिद प्रक्रिया अगाडि बढाउन सहमति प्रदान गरेको हो।

अर्थले उक्त अस्पतालको नामावली र सहमति जनाइएको बजेटसहितको सूची स्वास्थ्य मन्त्रालयमा पठाएको छ। यसअघि पनि अर्थले संघ र प्रदेश अन्तरगतका अस्पतालहरुमा अक्सिजन प्लान्ट, एचडीयू र भेन्टिलेटरका लागि ४ अर्ब भन्दा बढी बजेटको सहमति दिएको थियो।


 

Last modified on 2021-05-19 08:49:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts