नेपालमा कोरोनाको तेस्रो भेरिएन्ट पुष्टि, अन्य भेरिएन्टको तुलनामा बढी जोखिमपूर्ण



Download our app to get more features

काठमाडौं, ४ जेठ । नेपालमा कोरोना भाइरसको तेस्रो भेरिएन्ट फेला परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका परिवर्तित स्वरुपमध्ये हालसम्म तीन प्रकारका भेरिएन्ट फेला परेको हो ।

मन्त्रालयका  सह प्रवक्ता डा. समिर कुमार अधिकारीले देशका विभिन्न भागबाट ३५ वटा नमूना विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वेन्सिङका लागि भारत पठाएकोमा ३४ वटा बी.१.६१७.२ नयाँ भेरिएन्ट र तीन प्रतिशतमा बी.१.६१७.१ पुष्टि भएको बताए ।

उनले हाल देखिएको कोरोनाको नयाँ भेरिएन्टसहित नेपालमा कोरोनाको ३ वटा भेरिएन्ट फैलिसकेको पुष्टि गरे ।

डा. अधिकारीका अनुसार विश्व स्वास्थ्य संगठनले २०२१ को मे १० मा यो नयाँ भेरिएन्टलाई विश्वव्यापी भेरिएन्ट अफ कन्सर्न भनेर घोषणा गरेको थियो । 

हाल देखिएको नयाँ भेरिएन्ट अन्य भेरिएन्टभन्दा बढी संक्रामक र जोखिमपूर्ण रहेको पनि बताइएको छ । यसले सबै उमेर समूहलाई संक्रमित पार्ने हुँदा सबैलाई सचेत रहन पनि मन्त्रालयले आग्रह गरेको छ ।

Last modified on 2021-05-19 08:49:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts