नेपालमा कोरोनाका कारण ५ हजार ४ सय ११ जनाको मृत्यु, ३ सय ९० जना भेन्टिलेटरमा उपचाररत
काठमाडौं, ४ जेठ । नेपालमा गत गत २४ घन्टामा १ सय ९६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १ सय ९६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ हजार ४ सय ११ पुगेको छ ।
यस्तै हाल देशभर रहेका संक्रमितमध्ये १ हजार ५ सय ९० जनाको उपचार आईसीयूमा भइरहेको छ भने ३ सय ९० जना भेन्टिलेटरमा उपचाररत छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५ सय २९ रहेको छ । जसमध्ये १ लाख ७ हजार ८२ जना होम आइसोलेसनमा छन् भने ७ हजार ४ सय ४७ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।
Last modified on 2021-05-19 07:10:11