२४ घन्टामा २० हजार ९ सय ७९ कोरोना परीक्षण गर्दा ८ हजार २ सय ३ जनामा कोरोना पुष्टि

काठमाडौं, ४ जेठ । नेपालमा थप ८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सवास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २० हजार ९ सय ७९ कोरोना परीक्षण गर्दा ८ हजार २ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २० हजार २ सय ८६ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ८ हजार १ सय ३६ र ६ सय ९३ एन्टीजेन परीक्षण गर्दा ६७ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३ सय ५४ पुगेको छ ।
यस्तै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या साढे ३ लाख नाघेको छ । मन्त्रालयका अनुसार गत २४ घन्टामा ६ हजार ८ सय ९१ जना स्वस्थ भएसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ३ लाख ५२ हजार सय १४ पुगेको छ । यो दर कुल संक्रमितको ७४ दशमलव ६ प्रतिशत हो ।