प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा एक हप्तादेखि रोकिएको स्वाब परीक्षण पुनः सुरु



Download our app to get more features

रुपन्देही ४ जेठ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा विगत १ हप्तादेखि स्वाब संकलन गरि जम्मा भएको स्वाबको पुनः परीक्षण सुरु भएको छ ।

मेसीनमा आएको समस्या र नयाँ अटोमेसीन जडानको कारणले स्वाब परीक्षणमा ढिला भएको प्रदेश जनस्वास्थ्य प्रयोशलाका निमित्त निर्देशक वरिष्ठ जनस्वास्थ अधिकृत रोशनलाल चौधरीले बताए । 

उनले भैरहवाको गहुवालीभित्र रहेको उक्त प्रयोगशालामा ११ जिल्लाका करिब ५ हजार जनाको स्वाब जम्मा भएकोमा मंगलवारबाट पुनः परीक्षण सुरु भएको बताए ।

निमित्त निर्देशक चौधरीले पुरानो मेसीनमा परीक्षण गर्दा केहि समस्या आएकोले त्यो मेसीन सर्भिसिंग र नयाँ अटोमेसीन जडान गर्न समय लागेकोले विगत १ हप्तादेखि स्वाब परीक्षण गर्ने नसकिएको र मंगलबार २ हजार स्वाब काठमाडौं पठाईएको बताए ।

उनले ३ हजार यहि परिक्षण गर्न सुरु गरिएको र अन्यकारण भन्दा पनि मेसीनको कारण समस्या भएको बताए । 

उनले अबको २ दिनभित्रमा पुराना सबैको रिपोर्ट आउने भन्दै जनशक्ति अभाव नभएको बताए ।

केहि दिनको लागि किट भएपनि त्यसपछि समस्या हुने भएकोबताए । चौधरीले भने, 'बजेट अभाव छ अटोमेसीन सञ्चालन गर्दा दैनिक ५ लाख खर्चहुन्छ त्यसमा १ हजार जनाको स्वाब परीक्षण गर्न सकिन्छ ।' 

तर, सरकारसँग बजेट माग २ करोड गरेपनि जम्मा २ लाख मात्र बजेट बिनियोजन भएकोले बजेट अभाब हुने देखीएको बताए । समन्धीत निकायको समयमै ध्यान जानुपर्ने देखीएको चौधरीले बताए । 

अहिले पुरानो मेसीनबाट १ सय देखी १सय ५० सम्म परिक्षण हुनेमा अब नयाँ अटोमेटीबाट १ भन्दा बढी र चौबिसघन्टा नै सञ्चालन गर्न सकिने बताए  ।

Last modified on 2021-05-18 19:30:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts