चौधरी फाउन्डेसनले वीरसहित ३ अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने



Download our app to get more features

काठमाडौं, ४ जेठ । चौधरी फाउन्डेसनले आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । 

कोभिड–१९ का कारण उत्पन्न स्वास्थ्य संकटमा योगदान पुर्याउन फाउन्डेसनले वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको हो । 

वीर अस्पतालमा १८ शय्याको अत्याधुनिक आईसीयू वार्ड र वीरकै नयाँ भवनमा अक्सिजन प्लान्ट स्थापना गरिने फाउन्डेशनले बताएका छ । यसका लागि एक–दुई दिनभित्रै चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान (नाम्स) र चौधरी फाउन्डेसनबीच सहयोग सम्बन्धमा हस्ताक्षर हुने पनि बताएको छ । 

त्यस्तै फाउन्डेशनले सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत नगरपालिकामा एक–एक वटा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ ।

वीर अस्पताल, धनगढी र सुर्खेतमा स्थापना गरिने अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक लिटर÷प्रतिघण्टा रहनेछ । यसले एक दिनमा ४० लिटर क्षमताका १ सय ५० सिलिन्डर अक्सिजन भर्न सकिनेछ । 

फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले देशभरका नागरिकलाई आक्रान्त बनाएको र यसको नियन्त्रणका लागि आपतकालीन स्वास्थ्य व्यवस्थापन अत्यन्तै जरुरी देखिएकाले फाउन्डेसनले एकीकृत योजना अगाडि सारेको बताए । 

चौधरी फाउन्डेसनले गत वर्ष कोरोना महामारीको पहिलो लहरका बेला पनि आपतकालीन सहयोग कार्यक्रम अन्तर्गत देशभरका २ सयभन्दा बढी स्वास्थ्य केन्द्रमा पिपिई, स्यानिटाइजर, मास्क उपलब्ध गराएको थियो ।
 
साथै, देशका अस्पतालहरूलाई भेन्टिलेटरसहित आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराएको थियो । 

Last modified on 2021-05-18 07:51:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts