रुपन्देहीमा कोरोना संक्रमण दर घट्दै, ५७५ जना संक्रमित निको



Download our app to get more features

रुपन्देही, २ जेठ । रुपन्देहीमा ६०८ नमुना परीक्षण गर्दा ३९४ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ । १३ सय २५ एन्टिजेन परीक्षण गर्दा ३९४ जनामा संक्रमण पुष्टि भएको हो । रुपन्देहीमा बिगत २ दिन देखी संक्रमितको संख्या घटदै गएको देखीएको छ ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार बुटवल उपमहानगरमा १६६ जना, तिलोत्तमामा ८६ जना, सिद्धार्थनगरमा ४१, सैनामैनामा ३२, देवदहमा २१ जना तथा कञ्जनमा १२ जनामा संक्रमण पुष्टि भएको छ । 

ओमसतिया गाउँपालिकामा १० जना पुरुष, कन्चन गाउँपालिकामा ६ महिला र ६ पुरुष गरि १२ जना संक्रमित भेटिएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।

मायादेवी गाउँपालिकामा २ जना महिला र ३ जना पुरुष गरि ५ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा १ महिला र ३ जना पुरुष गरि ४ जना, शुद्धोधन गाउँपालिकामा १ जना महिला र गैडहवा गाउँपालिकामा २ जना महिला र १ जना पुरुष गरि ३ जना, रोहिणी गाउँपालिकामा ४ महिला र ४ जना पुरुष गरि ८ जना र कोटहीमाई गाउँपालिकामा २ जना पुरुष संक्रमित  भेटीएको जिल्ला स्वास्थ्य प्रमुख डा. गिरीले बताए ।

भने रुपन्देहीका २ पालिका मर्चवारी गाउँपालिका र सम्मरीमाई गाउँपालिका भने संक्रमितको संख्या शून्य देखिएको छ ।
रुपन्देहीमा सक्रिय संक्रमित ३सय ३० जना लक्षणसहितका छन् उनिहरुको बिभिन्न पालिकामा रहेको आईसोलेसन सेन्टरमा उपचार भई रहेको छ भने ६ हजार ५ सय ८४ जना होम आईसोलेसनमै छन् ।

जिल्लामा २४ घण्टाकै अवधीमा ६ जनाको मृत्यु भएको छ भने सोही अवधीमा ५ सय ७५ जना संक्रमण मुक्त भएका भएको डा. गिरीले बताए ।

Last modified on 2021-05-17 07:32:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts