नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या साढे ४ लाख नाघ्यो
काठमाडौं, २ जेठ । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या साढे ४ लाख नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ७ हजार ३ सय ६८ नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या साढे ४ लाख नाघेको हो ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १९ हजार ५ सय ३९ आरटी पिसिआर विधिबाट कोरोन परीक्षण गर्दा ७ हजार ३ सय १६ र ३ सय ४४ एन्टीजेन विधिबाट परीक्षण गर्दा ५२ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ४ लाख ५५ हजार २० पुगेको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्य ६ हजार ६ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ३९ हजार ७ सय ५६ पुगेको छ । यो दर कुल संक्रमितको ७४ दशमलव ६ प्रतिशत हो ।
हाल नेपालभर सक्रिय संक्रमितको संख्या १ लाख १० हजार २ सय ६३ रहेको छ । जसमा १ लाख २ हजार ४ सय ५५ जना होम आइसोलेसनमा रहेका छन् भने ७ हजार ८ सय ८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।