गत २४ घन्टामा देशभर १ सय ४५ जनाको कोरोनाका कारण निधन, मृत्यु हुनेको संख्या ५ हजार नाघ्यो
काठमाडौं, २ जेठ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर कोरोनाका कारण थप १ सय ४५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ हजार १ पुगेको छ ।
नेपालमा पछिल्लो एक सातादेखि कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सयदेखि २ सयसम्म पुगेको छ ।
यस्तै हाल नेपालभर रहेका संक्रमितमध्ये १ हजार ३ सय १३ जना आईसीयूमा भर्ना छन् भने ३ सय ८० जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।
Last modified on 2021-05-16 19:54:05