कोरोना संक्रमित बिरामीलाई बेसार–ज्वानो पानी र चिया–अण्डा वितरण
रुपन्देही, २ जेठ । रुपन्देहीको भिम अस्पतालमा रहेका कोरोना संक्रमित बिरामीलाई निःशुल्क तातो पानी, बेसार, ज्यानो पानी, चिया र अण्डा वितरण शुरु गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिद्धाथनगर नगर कमिटि रुपन्देहीले कोरोनाको संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएकाहरुलाई बेसार तातो पानी, बेसार, ज्वानो पानी, चिया र अण्डा वितरण शुरु गरेको हो ।
शनिवारबाट शुरु गरिएको कार्यक्रम अन्तर्गत दिनमा ३ पटक यी सामग्री वितरण गर्ने गरिन्छ ।
बिहान ७ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ देखि २ बजेसम्म र साझ ५ बजेदेखि ७ बजेसम्म बिरामीलाई आवश्यकता अनुसार तातो पानी, बेसार, ज्वानो पानी, चिया र अण्डा वितरण गरिने पार्टीका नगर ईञ्चार्ज डार्विन रोक्का मगरले बताए ।
कोरोनाका कारण अस्पतालमा भर्ना भएका बिरामी र उनका कुरुवाहरुका लागि आवश्यक पर्ने खानेकुराहरु स्थानिय बजारमा निषेधाज्ञा जारि भएपछि पाउन छाडेकाले पार्टीले निःशुल्क रुपमा वितरण गर्न शुरु गरेको पार्टीका विद्यार्थी नेता तुल्सी न्यौपानेले बताए ।
वितरण कार्यक्रम पार्टीको नगर कमिटि, जनबर्गिय संगठन वाईसिएल नेपालले संयुक्त रुपमा संचालन गर्ने पार्टीको नगर कार्यालयले जनाएको छ । माहामारीको बेलामा आपत्तमा परेका विरामीहरुका लागि मानवताको हिसावले सहयोग गरिएको पार्टीका नेता फैज अहमद खानले जनाए ।
पार्टीले अस्पतालमा शुरु गरिएको वितरण कार्यक्रमलाई सफल पार्नका लागि सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नका लागि पनि अनुरोध गरेको छ ।