लगातार तेस्रोदिन ८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

होम आइसोलेसनमा बस्नेको संख्या १ लाख नाघ्यो



Download our app to get more features

काठमाडौं, १ जेठ । नेपालमा लगातार तेस्रोदिन ८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १८ हजार ५ सय ४८ कोरोना परीक्षण गर्दा ८ हजार १ सय ६७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा देशभर १७ हजार ९ सय ७१ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ८ हजार ४६ र ५ सय ७७ एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा १ सय २१ जनामा कोरोना पोजेटिभ देखिएको हो । नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये ५ हजार ४ सय ५५ जना स्वस्थ भएका छन् । मन्त्रालयका अनुसार योसँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ३३ हजार १ सय ८ पुगेको छ । यो दर कुल संक्रमितको ७४ दशमलव ४ प्रतिशत हो ।

हाल नेपालभर सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७ सय ४० रहेको छ । जसमा १ लाल १ हजार ७ सय ७१ जना होम आइसोलेनसमा छन् भने ७ हजार ९ सय ६९ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।

Last modified on 2021-05-16 08:27:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts