कोरोनाका गम्भीर अवस्थाका बिरामीको उपचारका लागि सरकारले तोक्यो ११ वटा 'ब्याकअप’ अस्पताल



Download our app to get more features

काठमाडौं, १ जेठ  । सरकारले उपत्यकाका ११ वटा अस्पताललाई कोरोनाका गम्भीर अवस्थाका बिरामीको उपचार गर्न 'ब्याकअप’ अस्पतालका रुपमा व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका ठूला अस्पताल तथा मेडिकल कलेजहरुलाई गम्भीर अवस्थाका कोरोना संक्रमितको तत्काल उपचार व्यवस्थापन गर्ने गरी ब्याकअप मिलाइएको मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले हाम्रो डाक्टरन्यूजलाई बताए ।

मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीका अनुसार काठमाडौंका आर्मी अस्पताल, त्रिवि शिक्षण अस्पताल, नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, किष्ट मेडिकल कलेज, निजामती कर्मचारी अस्पताल, वीर अस्पताल, शशस्त्र प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र नोबेल अस्पताललाई गम्भीर अवस्थाका बिरामीको स्वास्थ्य उपचारका लागि तोकिएको हो ।

यी अस्पतालहरुमा गम्भीर अवस्थामा आउने कोरोना संक्रमित बिरामी तथा अन्य अस्पतालबाट रेफर हुनुपर्ने अवस्थाका बिरामीलाई व्यवस्थापन गरिने पनि उनले बताए ।

ब्याकअप अस्पतालको रुपमा तोकिएका यी अस्पतालमा कोरोनाका बिरामीको स्क्रिनिङ गर्ने तथा उपचार गरिने, कुनै पनि अस्पतालमा गम्भीर अवस्थामा रहेका संक्रमितलाई भर्ना गर्नुपर्ने तथा रेफर गर्नुपर्ने अवस्थामा ब्याकअपको रुपमा काम गर्ने, २४ घण्टामा जुनसुकै समयमा यी अस्पतालमा बिरामी पुग्दा उनीहरुको उपचार हुने र बिरामी फर्किन वा अर्को अस्पतालमा जान नपर्ने गरिको तयारी भएको छ ।

Last modified on 2021-05-15 12:38:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts