अक्सिजन प्लान्ट र पाइपलाइन जडान गर्न ३ अस्पताललाई झन्डै ६ कारोड रकम उपलब्ध गराइने



Download our app to get more features

काठमाडौं, १ जेठ । सरकारले मुलुकका तीन अस्पताललाई झन्डै ६ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।

शुक्रवार पुनः अर्थमन्त्रीमा नियुक्त भएपछि विष्णु पौडेलले मुलुकका तीन  अस्पताललाई ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका छन् ।

पद बहाली गर्दै पौडेलले अक्सिजन प्लान्ट र पाइपलाइन जडान गर्न डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जलाई गरी ३ वटा अस्पताललाई ५ करोड ८३ लाख २४ हजार उपलब्ध गराउने निर्णय गरेका हुन् ।

यसैबीच, मन्त्री पौडेलले आर्थिक वर्ष २०७८/७९ का लागि कोभिड केन्द्रीत बजेट ल्याउने बताएका छन् ।

पदभार सम्हाल्दै मन्त्री पौडेलले कोरोनाविरुद्धको लडाईका लागि सरकारले सबै संयन्त्र लगाइरहँदा आउने आर्थिक वर्षको बजेट कोरोना केन्द्रीत हुने बताए ।
 

Last modified on 2021-05-15 10:14:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts