थाइल्याण्डबाट नेपाल आयो २४ थान अक्सिजन कन्सन्ट्रेटर
काठमाडौं, ३१ बैशाख । अस्पतालहरुमा अक्सिजन अभाव भइरहेका बेला थाइल्याण्डबाट २४ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग स्वरुप नेपाल आएको छ । रोयल थाइ मोनेस्ट्री लुम्बिनीले १७ वटा र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति थाईल्याण्डले ७ वटा गरी कुल २४ वटा अक्सिजन कन्सट्रेटर नेपाल पठाएको हो ।
नेपालबाट ११ यात्रु बोकेर आजै बैंकक गएको श्री एयरलाइन्सको स्पेशल कार्गो विमानले फर्कदा यो सामग्री काठमाडौँ आइपुगेको हो ।
उक्त सामग्री त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपालका लागि थाइ राजदूत भोसिता भोरासाफले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशनकुमार पोखरेललाई हस्तान्तरण गरेका थिए ।
उक्त कन्सन्ट्रेटर अक्सिजनको अभाव भएका अस्पतालहरुलाई पठाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Last modified on 2021-05-15 08:27:36