आर्यघाटमा शव जलाउनेलाई प्रतिदिन थप एक हजार भत्ता 



Download our app to get more features

काठमाडौं, ३१ बैशाख । पशुपति आर्यघाटमा कोभिड १९ सङ्क्रमित भएकाको शव दाहसंस्कारमा संलग्न हुने कर्ममचारीलाई प्रोत्साहन भत्तास्वरूप एक हजार रुपैयाँ दिने निर्णयको फाइल सदर भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले मन्त्रालयमा पदभार ग्रहण गर्दै फाइल सदर गरेकाहुन । 

यसअघि सरकारले निर्णय गरेर जोखिम भत्ता दिने निर्णय गरेको भए पनि पशुपति आर्यघाटमा शव दाहसंस्कारमा सहभागी हुने कर्मचारी परेका थिएनन् । अब उनीहरूले पनि प्रोत्साहन भत्ता पाउने भएका छन् ।  

यस्तै मन्त्री ढकालले कोभिड १९ का कारण थला परेको पर्यटन क्षेत्रको विकास र विस्तारभन्दा पनि उद्धार र राहतमा केन्द्रित हुने गरी नीति बनाउन कर्मचारीलाई निर्देशन दिएकाछन् ।  उनले नीति र बजेट दुवै प्रभावकारी हुने गरी तयारी गर्न निर्देशन दिए ।  

ठूलो दलको सरकारबाट बहुमतको हुँदै सुदृढ सरकार बन्ने भन्दै सरकार केही हुन्छ कि भनेर चिन्ता नगरि काम गर्न पनि ढकालले निर्देशन दिए ।  समयको मागअनुसार व्यवहार गर्नुपर्ने भन्दै उनले सेवामा समर्पित हुनुपर्ने बताए । 

Last modified on 2021-05-15 08:27:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts