नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार नाघ्यो, ७४ दशमलव ५ प्रतिशत स्वस्थ
काठमाडौं, ३१ वैशाख । नेपालमा गत २४ घन्टामा थप ८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २१ हजार ४ सय ७८ कोरोना परीक्षण गर्दा ८ हजार ५ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २० हजार ९ सय ४८ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ८ हजार ४ सय ६० र ५ सय ३० एन्टीजेन विधिबाट परीक्षण गर्दा ५३ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ४ लाख ३९ हजार ६ सय ५८ पुगेको छ ।
यस्तै गत २४ घन्टामा ६ हजारभन्दा बढी कोरोना संक्रमित स्वस्थ भएका छन् ।
कोरोनाको दोस्रो चरणको लहर सुरु भएपछि निको हुनेको यो हालसम्मकै धेरै संख्या हो । गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये ६ हजार १ सय ३५ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख २७ हजार ६ सय ५३ पुगेको छ । यो दर कुल संक्रमितको ७४ दशमलव ५ प्रतिशते हो ।
हाल नेपालभर सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३ सय ३६ रहेको छ । जसमा ९८ हजार ८ सय ६९ जना होम आइसोलेसनमा रहेका छन् भने ८ हजार ४ सय ६७ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।