लगातार दोस्रोदिन कोरोनाका कारण २ सयभन्दा बढीको मृत्यु, १३ सयभन्दा बढी आईसीयूमा



Download our app to get more features

काठमाडौं, ३१ वैशाख । नेपालमा तेस्रोपटक २ सयभन्दा बढीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

गत २४ घन्टामा देशभर २ सयभन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर कोरोना संक्रमणका कारण २ सय ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार ६ सय ६९ पुगेको छ । 

यसअघि नेपालमा गत वैशाख २८ मा कोरोना संक्रमणका कारण हालसम्मकै धेरै २ सय २५ जनाको मृत्यु भएको थियो भने बिहीवार २ सय १४ जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।

नेपालमा पछिल्लो समय कोरोनाका कारण दैनिक मृत्यु हुने संख्या १ सयदेखि २ सय २५ पुगेको छ । 

हाल नेपालमा कोरोना संक्रमणको दर बढेसँगै अस्पतालमा भर्ना हुने गम्भीर बिरामीको संख्या पनि बढ्दै गएको छ । अस्पतालमा गम्भीर बिरामी भर्ना हुनुका साथै अक्सिजन अभावका कारण उनीहरुको मृत्यु हुने दर बढेको देखिन्छ ।

यस्तै हाल नेपालभर रहेका संक्रमितमध्ये १ हजार ३ सय ३४ जना आईसीयूमा उपचाररत छन् भने ३ सय ७१ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

Last modified on 2021-05-14 20:40:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts