अर्को व्यवस्था नभएसम्म साविककै निमियत ढुवानी प्रक्रियामा अक्सिजन उपलब्ध गराउन निर्देशन



Download our app to get more features

काठमाडौं, ३१ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि साविककै निमियत ढुवानी प्रक्रियामा अक्सिजन उपलब्ध गराउन निर्देशन दिएको छ ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईले सूचना जारी गर्दै महामारीको यस अवस्थामा अर्को व्यवस्था नभएसम्म साविककै नियमित ढुवानी प्रक्रियाबाट मेडिकल अक्सिजन उपलब्ध गराईदिन सम्बन्धीत सबैमा दिएको हो ।

अक्सिजन अभावको व्यवस्थापन गर्ने जिम्मा पाएपछि मन्त्रालयले अक्सिजन उत्पादनकर्ता, उद्योग वाणिज्य महासंघ, सबै अस्पताल र जिल्ला प्रशासन कार्यालयलाई आकस्मिक व्यवस्थापनका लागि सहकार्य, समन्वय गर्न सरोकारवाला तथा सम्बन्धीत सबै निकायलाई आग्रह गरेको हो ।

Last modified on 2021-05-14 20:14:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts