नवगठित सरकारको स्वास्थ्यमन्त्रीमा त्रिपाठीलाई नै निरन्तरता
काठमाडौं, ३१ वैशाख । नवगठित सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी पुनः हृदेश त्रिपाठीले पाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्त्वमा गठन भएको नयाँ सरकारको स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा त्रिपाठी र राज्यमन्त्रीमा नवराज रावत नै दोहोरिएका छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिपाठी र रावतलाई पहिलेकै जिम्मेवारीमा रहने गरि पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।
प्रधानमन्त्री ओलीले वैशाख २७ मा संसदमा विश्वासको मत लिन नसकेपछि सरकार कामचलाउन बनेको थियो ।
Last modified on 2021-05-14 20:14:01