नेपाल बंगलादेश बैंकले दियो सरकारलाई ५ हजार भाइल रेम्डेसिभिर
काठमाडौं, ३१ बैशाख । नेपाल बंगलादेश बैंकले सरकारलाई ५ हजार भाइल रेम्डेसिभिर दिएको छ ।
बंगलादेश बैंकले आफ्नो विदेशी संस्थापक बंगलादेशको आइएफआइसी बैंकको सहकार्यमा औषधि प्रदान गरेको हो । औषधि बंगलादेशका लागि नेपालका राजदूत वंशीधर मिश्रलाई बंगलादेशको राजधानी ढाकास्थित नेपाली दूतावासमा प्रदान गरेको हो ।
यसअघि पनि नेपाल बंगलादेश बैकले आफ्नो आइएफआइसी र बंलादेशको बेक्सिम्को फर्मास्युटिकल कम्पनीसँग मिलेर पाँच हजार भायल रेम्डेसिभिर नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।