कोरोनाबाट वीरगञ्जका २३ वर्षे हेल्थ असिस्टेन्टको मृत्यु
वीरगञ्ज, ३१ बैशाख । कोरोना संक्रमणबाट वीरगञ्जका २३ वर्षे हेल्थ असिस्टेन्ट रवि यादवको मृत्यु भएको छ। रौतहट वृन्दावनका ४ हर्दियाका यादवको वीरगञ्जकै तराई अस्पतालमा मृत्यु भएको हो।
उनलाई बुधबार साँझदेखि भेन्टिलेटरमा राखिएको र सुधार नभई विहीबार विहान ४ बजे निधन भएको अस्पतालले जनाएको छ। वीरगञ्जकै एक निजी अस्पतालमा काम गर्ने यादवको आगामी जेठ ९ मा तय भएको विवाहका लागि गाउँ गएका बेला कोरोनाको लक्षण देखिएको थियो।
स्वास्थ्यमा समस्या बढेपछि वैशाख २२ गते उनलाई तराई अस्पतालमा भर्ना गरिएको थियो। तर आफन्तले भने अस्पतालमा भेन्टिलेटर खाली नभएका कारण मृत्यु भएको आरोप लगाएका छन्।