सांसदहरुलाई आजदेखि कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाइँदै



Download our app to get more features

काठमाडौं, ३१ वैशाख । प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसहितका सांसदहरुलाई आजदेखि कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाइँदैछ ।
  
संघीय संसद सचिवालयले सूचना जारी गरी पहिलो चरणको कोभिशिल्ड खोप लगाई आठ हप्ता पुगिसकेकाले आजदेखि प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संघीय ससंद सचिवालयका कर्मचारीलगायतलाई आजदेखि खोपको दोस्रो मात्रा लगाइने जनाएको छ । 

आजदेखि जेठ २ गतेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइने पनि सूचनामा उल्लेख गरिएको छ ।

यस्तै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सबै सदस्यहरुलाई पनि अन्तर्राट्रिय सम्मेलन केन्द्रमा खोपको दोस्रो डोज लगाइनेछ । 

तीन दिनभित्र नै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीहरु, स्वकीय सचिवलगायत कर्मचारी, मर्यादापालक तथा सुरक्षासँग सम्बन्धीत सबै कर्मचारी र संसदीय मामिला पत्रकारलाई पनि खोप लगाइने जनाएको छ । 

खोप लगाउन जाँदा कोभिशिल्ड खोप लगाएको खोप कार्ड अनिवार्य रुपमा साथमा लैजान पनि सचिवालयले आग्रह गरेको छ । 

Last modified on 2021-05-14 10:34:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts