ठूलो आन्द्राको क्यान्सरबाट बच्न डा.शर्माको सुझाव     



Download our app to get more features

ठूलो आन्द्राको क्यान्सर पनि क्यान्सरको अग्रपङ्तिमा पर्ने क्यान्सर हो । नेपालमा पनि यो क्यान्सर निकै बढ्दो क्रममा छ । विकसित मुलुकमा यो क्यान्सर निकै नै साधारण छ । नेपालमा क्यान्सरको परीक्षण गर्नुपर्नेबारेमा जनचेतना बढाउनुका साथै बच्ने उपाय र उपचारको बारेमा जान्नु अत्यन्तै जरुरी छ ।

यो कुरालाई महत्व नदिनुको कारण नेपालभर यसको सुबिधा नहुनु, विषेशज्ञहरुको कमी हुनु र यस रोगबारे अध्ययन अनुसन्धान नहुनु नै हो । यो रोग लाग्नु अगावै पत्ता लगााउन सकियो भने धेरैको जीवन जोगाउन सकिन्छ किनकी यो रोग सानो पोलिप एडिनोमाबाट हुन्छ र केही वर्षमा क्यान्सरमा परिणत हुन्छ । यस्तो पोलिप एडिनोमा कोलोनोस्कोपी गरेर निकालिएको अवस्थामा क्यान्सर जस्तो भयानक रोगबाट बच्न सकिन्छ ।

लक्षणहरु

दिशामा रगत देखिनु ।

नाइटोमुनिको भाग दुख्नु ।

तौल कम हुँदै जानु ।

खाना खान मन नलाग्नु । 

छिट्टै थकान महसुस हुनु ।  

दिशा ठिक नहुनु ।

कहिले पखाला लाग्नु कहिले कब्जीयत हुनु ।

रोग कसरी पत्ता लगाउने ?

लक्षणहरुको अध्ययन गरेर ।

शरीरमा रगत कम हुन गएमा परिक्षण गर्दा ।

पेटको मलद्धार जाँच गरेर ।

दिशाको जाँच गरेर ।

सिग्म्वा इण्डोस्कोपी गरेर (बायाँ तर्फको) ।

कालोनेस्कोपी (पुरै ठूलो आन्द्रा हेरेर ) ।
    
अन्य ब्यारियम इनेमा भर्चुअल कोलोनोस्कोपी गरेर ठूलो आन्द्राको क्यान्सर भए नभएको पत्ता लगाउन सकिन्छ ।

किन बढ्दै छ ठूलो आन्द्राको क्यान्सर ?

उमेर बढ्दै गएपछि ५० वर्षको उमेरपछि धेरै जसोमा ठूलो आन्द्राको क्यान्सर हुने क्रम बढी हुन्छ । बजारमा पाइने तयारी खानेकुरा अत्याधिक खानु, रेसादार (फाइबर युक्त) खाना कम खानु र शारीरिक व्यायाम नगर्नाले यो रोग लाग्ने सम्भावना बढी हुन्छ । धुम्रपान, मद्धपान र धेरै स्याचुरेटेड बोसो र प्रोटिनयुक्त खाना बढी खानु यो रोग बढ्नुको मुख्य कारण हुन् ।

बच्ने उपाय 
नियमित व्यायम, फाइबरयुक्त खाना खाने, फलफूल, हरियो सागपात प्रसस्त सेवन गर्ने र तौललाई सन्तुलनमा राख्न सकेमा यो रोगबाट बच्न सकिन्छ । साथसाथै धुमपान, मद्धपान र धेरै स्याचुरेटेड बोसो र प्रोटिनयुक्त खाना धेरै नखाने र भिटामिन डी तथा एस्पी टोनले पनि यो रोगबाट बचाउँछ ।

 

स्क्रिनिङ जाँच

यो यस्तो विधि हो, जसमा बिरामीको कुनै लक्षण छैनन् । तैपनि  क्यान्सर  पोलिप एडिनोमा छ छैन् भनेर पत्ता लगाउने तरिका हो । सिग्मोइडोस्कोपी, कोलोस्कोपिबाट यस्तो जाँच गरिन्छ । यसबाट हुने मुख्य फाइदा क्यान्सर नै हुन लागेको भएपनि छिट्टै उपचार गर्न सकिन्छ । यो ५० वर्ष उमेर पछि गर्दा राम्रो हुन्छ किनभने यो उमेरपछि क्यान्सर बढ्ने क्रममा हुन्छ ।

पचास वर्ष अगाडी परिक्षण गर्नुपर्ने अवस्था पनि हुन्छ । जस्तै आफ्नो नजिकको आफन्तका आन्द्रामा क्यान्सर भएमा वा आइविडी रोग भएमा र फ्यामिलियस पोलिप रोग जस्ता समस्या भएमा ।

उपचार विधि 
क्यान्सरको अवस्था हेरेर उपचार विधिहरु अपनाइन्छ । ति मध्ये

शल्यक्रिया 

केमोथेरापी

रेडियोथेरापी मुख्य हुन् ।

अन्त्यमा 
अहिलेको अवस्थामा सामान्य मानिसहरुका लागि यो गर्नु नै पर्छ भन्ने त्यस्तो सिफारिस छैन् । तर जनमानसमा यस सम्बन्धि जागरुकता, ज्ञान हुनुपर्ने र रोगको बारेमा थाहा पाउनु जरुरी छ । समयमै उपचार गर्न सकियो र रोगबारे चेतना फैलाउन सके अकालमै मृत्यु हुने धेरै मानिसहरुको ज्यान जोगाउन सकिन्थ्यो । 

यो रोग बढ्ने क्रममा भएको हुनाले सरकारी गैर सरकारी संस्थासँग मिलेर काम गरेमा र ग्रामिण क्षेत्रमा जनचेतनाका कार्यक्रम सञ्चालन गरेर मृत्युदर कम गर्न सकिन्छ । 


डा. शर्मा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका ग्यास्ट्रोइन्टेरोलोजिस्ट र थेरापेटिक इन्डस्कोपिस्ट हुन् ।

Last modified on 2016-07-28 21:58:06

2 Comments

  1. sir mero pani naavi vanda tala ko vaag dukcha ani kahile kai disaa ma ali kati blood dekhincha. ma lai duodonal alsar pani vako cha. aaushadi khadai chu. yo colon ma ghau vayera ho kI kina ho ani upachar kaha kasari garda thik huncha.

  2. It good information to distribute for people.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts