स्यानीटाइजर उत्पादन, आयात र बिक्रीका लागि विभागले तोक्यो नियम
काठमाडौं, ३० बैशाख । औषधि व्यवस्था विभागले दर्ता भएका गुणस्तरीय स्यानीटाइजरको मात्रै प्रयोग तथा विक्रिवितरण गर्न आग्रह गरेको छ । बजारमा स्वास्थ्यलाई हानी गर्ने स्यानिटाईजरको प्रयो बढेकाले विभागले यस्तो आगह्र गरेको हो ।
विक्रिवितरण प्रमाणपत्रको लागि आधिकारिक पैठारिकर्ताले ह्याण्ड स्यानीटाईजर उत्पादन, पैठारी, निकासी तथा विक्रिवितरण सम्बन्धि व्यवस्था वमोजीम कागजात पेश गर्नुपर्न विभागले जनाएको छ ।
आयातका लागि अनुमति प्राप्त गरेका प्रत्येक उत्पादनको हकमा पैठारी पूर्व प्रत्येक लटको उत्पादनको राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्नुपर्ने र सो गुणस्तरीय भएमा मात्र आयात अनुमति प्रदान गरिने विभागले स्पष्ट पारेको छ।
यस्तै, विदेशबाट नेपाल पठाउने स्यानीटाईजरमा लेवल अनिवार्य लगाउनु पर्ने लगायतका पाँच बुँदे विज्ञप्ति औषधि व्यवस्था विभागले निकालेको छ ।