गण्डकीमा एकैदिन कोरोना संक्रमणबाट १६ जनाको मृत्यु



Download our app to get more features

कास्की, ३० बैशाख । गण्डकी प्रदेशमा कोभिड-१९ को संक्रमणबाट एकैदिन १६ जनाको मृत्यु भएको छ । यससँगै गण्डकीमा अहिलेसम्म कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ३ सय ४ पुगेको छ । 

पछिल्लो २४ घन्टामा कोभिड-१९ बाट मृत्यु भएका १६ जनामध्ये कास्कीका ८, बागलुङका १, म्याग्दी ३, तनहुँ ३, गोरखाका १ जनाको पोखराका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । 
गण्डकीमा ६ हजार ६ सय ८६ जना सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घन्टामा २७४ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घन्टाको तथ्यांकले कोरोना संक्रमित ९४१ जना थपिएका छन् । 

जसमध्ये महिला ४४९ र पुरुष ४९२ जना रहेको निर्देशनालयले उल्लेख गरेको छ । कास्कीका २५१, बागलुङका २३५, स्याङ्जाका १६८, नवलपरासी पूर्वका ६८, गोरखाका ८१, पर्वतका ३१, म्याग्दीका ४०, मनाङका २८, मुस्ताङका २७, तनहुँका ११ र लमजुङका १ जनामा संक्रमण पुष्टि भएको छ । 

यस्तै, पोखराको गण्डकी टेलिभिजनका प्रबन्धक तथा नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य गणेश पौडेलको कोरोना संक्रमणका कारण बिहीबार बिहान निधन भएको छ । पौडेल कोरोना संक्रमित भएपछि १ हप्ता अघिदेखि जिएमसीमा उपचार गराइरहेका थिए । पौडेलका श्रीमती र २ छोरा छन् ।
 

Last modified on 2021-05-14 08:45:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts