पशुपन्छी अन्वेषण प्रयोगशाला धनगढीबाट पनि कोरोना परीक्षण हुने



Download our app to get more features

धनगढी, ३० वैशाख । धनगढीको पशुपन्छी अन्वेशण प्रयोगशालाबाट पनि कोरोना भाइरसको परीक्षण हुने भएको छ । संघीय सरकारले पठाएको आरटीपीसीआर मशिनबाट पनि कोरोना परीक्षण गरिने अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख तपेन्द्रप्रसाद बोहराले बताए ।

प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर कोरोना संक्रमणको अवस्था सामान्य नहुँदासम्म अन्वेषण प्रयोगशालामा परीक्षण हुने उनले बताए । 

सेती प्रादेशिक अस्पतालको अनुरोध बमोजिम कोरोना परीक्षण गरिन लागेको बताइएको छ । उक्त आरटीपीसीआर मेसिनबाट दैनिक ३ सय नमूनासम्म परीक्षण गर्न सकिने जनाइएको छ । 

तर जनशक्ति अभावका कारण दुवै प्रयोगशाला सञ्चालन गर्न समस्या हुने सेती प्रादेशिक अस्पतालको प्रयोगशालाका ईञ्चार्ज रमेश शाहीले बताएका छन् । 
गत वर्ष कोरोना भाइरसको जोखिम उच्च रहेको भन्दै संघीय सरकारले प्रयोगशाला स्थापना गर्न उक्त उपकरण पठाएको थियो ।

Last modified on 2021-05-13 18:46:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts