गत २४ घन्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त, थपिए ८ हजार ९ सय ६० नयाँ संक्रमित
काठमाडौं, ३० वैशाख । नेपालमा पछिल्लो समय दैनिक ८ देखि ९ हजारको हाराहारीमा कोरोना संक्रमित थपिन थालेका छन् ।
गत २४ घन्टामा ८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सवास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा २० हजार २ सय ४५ कोरोना परीक्षण गरिएको छ । जसमा १९ हजार ४ सय ७४ आरटी पिसिआर विधिबाट र ७ सय ७१ एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएको छ । २० हजार २ सय ४५ कोरोना परीक्षण गर्द देशभर ८ हजार ९ सय ६० जनामा कोरोना पोेजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको छ ।
यस्तै देशभर कोरोनाका कारण संक्रमित भएकामध्ये ५ हजार ५५ जना गत २४ घन्टामा स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ३ लाख २१ हजार ५ सय १८ पुगेको छ । यो दर कुल संक्रमितको ७४ दशमलव ६ प्रतिशत हो ।
नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि एक लाख नाघेको छ । मन्त्रालयको अद्यावधिक विवरण अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २ सय ७ रहेको छ । ती मध्ये ९६ हजार ३ सय ७९ जना होम आइसोलेसनमा छन् भने ८ हजार ५ सय २५ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।