नेपालमा गत २४ घन्टामा २ सय १४ जनाको कोरोनाका कारण मृत्यु, मृत्युदर १ प्रतिशत नाघ्यो
काठमाडौं, ३० वैशाख । नेपालमा लगातार चौथोंदिन डेढ सय भन्दा बढीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
गत २४ घन्टामा देशभर २ सय १४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा २ सय १४ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार ४ सय ६६ पुगेको छ । योदर कुल संक्रमितको १ दशमलव ०४ प्रतिशत हो । यसअघि मंगलबार २ सय २५ जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।
यस्तै हाल देशभर रहेका संक्रमितमध्ये ३ सय ८० जना भेन्टिलेटरमा उपचाररत छन् भने १ हजार ३ सय ८१ जनाको उपचार आईसीयूमा भइरहेको छ ।
Last modified on 2021-05-13 20:21:21