पूर्वराजा ज्ञानेन्द्र र छोरी प्रेरणा कोरोना सङ्क्रमणमुक्त, पूर्व रानी अस्पतालमै



Download our app to get more features

काठमाडौं, ३० वैशाख । कोरोना संक्रमित भएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह अस्पतालबाट डिस्चार्ज भएका छन् ।

वैशाख ११ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि नर्भिक अस्पतालमा भर्ना भएका पूर्व राजा शाह र प्रेरणालाई बुधवार डिस्चार्ज गरिएको हो । 

दोस्रो पटकको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएको छ । 

उनी दुबै जनाको सोमबार गरिएको परिक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

यसैबीच पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार भइरहेको अस्पतालले जनाएको छ ।

गत साता अक्सिजनको मात्रा कम हुँदै गएपछि आईसीयूमा उपचाररत पुर्वरानी कोमलको स्वास्थ्य अवस्थामा सुधार आएपछि वार्डमा सारिएको हो ।

उनको दोस्रो पटक कोरोना परीक्षण भने केही दिनमा गरिने छ ।

पूर्व राजदम्पती भारतमा आयोजना गरिएको कुम्भ मेलामा सहभागी भई नेपाल फर्के लगत्तै कोरोना सङ्क्रमण पुष्टी भएपछि अस्पताल भर्ना गरिएको हो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts