होम आइसोलेसनमा बसेकालाई निशुल्क मनोसामाजिक परामर्श
काठमाडौं, २९ बैशाख । कोभिड–१९ को दोस्रो लहरमा मानसिक स्वास्थ्य र मनोसामाजिक समस्या सम्वोधन गर्नका मनोसामाजिक सहयोग टोली गठन गरिएको छ ।
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सीएमसी नेपाल) का प्राविधिक निर्देशक डा. पशुपति महतको नेतृत्वमा गठित टोलीले कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेकाहरुलाई टेलिफोनको माध्यमबाट मनोसामाजिक तथा मानसिक स्वास्थ्य सेवा दिनेछ ।
पछिल्लो समयमा आफन्त गुमाउनुका साथै दैनिक सयौंको दरले कोरोनाका कारण मानिसको मृत्यु भइरहेको समाचारको भयले मानसिक स्वास्थ्य समस्या बढ्दै गएको र मानसिक स्वास्थ्य समस्या झन् बढ्न सक्ने विज्ञहरुले बताएका छन् ।
वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्याय महामारीको समाचारले मानिसमा भयको वातावरण सिर्जना गरेको बताउँदै सोको निवारणका निम्ति बेलैमा सोच्नुपर्ने बताए ।
डा. महतले समुदायस्तरमा रहेका १ सय १० जना सामुदायिक मनोसामाजिक कार्यकर्ता, १ सय ७५ भन्दा बढी मनोपरामर्शकर्तारमामला ब्यवस्थापक र संस्थाका ३४ जना प्राविधिक कर्मचारीमार्फत सेवा दिने बताए ।
सेवा लिन चाहनेले टोल फ्रि नं १६६००१८५०८० बाट हरेक दिन विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म मनोविद्मरनोपरामर्शकर्ताबाट निशुल्क सेवा लिन सक्नेछन् ।
त्यस्तै वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्यायालाई ९८४१४१९९८० र सीएमसी नेपालका प्राविधिक निर्देशक डा. पशुपति महतलाई ९८५१०९४८३१ मा फोन गर्न सकिनेछ ।