महामारीविरुद्धको लडाईमा अभिभावको भूमिका निर्वाह गरिदिन राष्ट्रपतिलाई एनएमएको आग्रह



Download our app to get more features

काठमाडौं, २९ वैशाख । नेपाल चिकित्सक संघ (एनएमए) ले कोरोना महामारीविरुद्धको लडाईमा एकजुट हुनका लागि सबैलाई आग्रह गरेको छ ।

संघल राष्ट्रपति विद्यादेवी भण्डारीलाई सबै दलहरूलाई एक ठाउँमा ल्याउन र महामारी विरुद्ध जुट्न अभिभावकको भुमिका निर्वाह गर्न अपिल गरेको हो ।

संघले बुधवार जारी गरेको अपिलमा अस्पताल आउन नपाएका, आएकालाई फर्काउनु परेको, बचाउन सक्ने अवस्था हुँदाहुँदै एक सिलिन्डर अक्सिजन नपाएर मर्नुपरेको जस्ता भयावहस्थिति उत्पन्न हुँदै गएकाले नेतृत्तुवदायी भूमिकामा रहेकाहरुकालाई एक जुट हुन भएिको छ ।

यस्तै कोरोना महामारी नियन्त्रण र जनताको जीवन रक्षालाई प्राथमिकतामा राख्न, सरकार, राजनीतिक दलहरू, निजी क्षेत्र, सहयोगी निकायहरू सबैले जनताको जीवन रक्षाका लागि योगदान गर्न आवश्यक रहेको पनि अपिलमा भनिएको छ ।

यस्तो छ संघले जारी गरेको अपिलः

 

Last modified on 2021-05-12 20:03:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts