कोरोना संक्रमितको शव व्यवस्थापन धर्म अनुसार गर्दा २५ जना मात्रै मलामी जान पाउने



Download our app to get more features

काठमाडौं, २९ वैशाख । सरकारले कोरोना संक्रमितको शव व्यवस्थापना आफन्तले गर्दा तोकिएका मापदण्ड अनुसार गर्न दोहोर्याएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दोस्रो लहरमा देखिएको नयाँ भेरिएन्टको जोखिमलाई ध्यानमा राखी आफन्तले शव व्यवस्थापन गर्दा २५ जना  भन्दा बढी उपस्थित हुन नपाउने बताएको छ ।

मन्त्रालय सह प्रवक्ता डा.समिर कुमार अधिकारीले नयाँ भेरिएन्टसहितको कोभिड १९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश २०७८ को २ज्ञ (छ) अनुसार कोरोना संक्रमितको शव व्यवस्थापन गर्न भनिएको बताए ।

उनले आफ्नो संस्कृति र धर्म अनुसार कोरोना संक्रमितको मृत्यु पश्चात शव व्यवस्थापन गर्दा सरकारले तोकेका मापदण्ड पालना गर्न र यदि त्यो सम्भव नभए शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि, २०७६ अनुसार गर्न भनिएको प्रस्ट पारे ।

उनले शव व्यवस्थापनका लागि अस्पतालले समयमा नै आवश्यक समन्वय र सहजीकरण गरिदिने, मर्चरी २४ सै घन्टा खुला रहने र मृतकको आफन्तहरुलाई स्थान विशेषमा रहन वा राख्न पहल गर्ने सीसीएमसीले गरेको पनि जानकारी गराए ।

Last modified on 2021-05-12 20:15:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts