सय शय्याका निजी तथा सामुदायिक अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन
काठमाडौं, २९ वैशाख । सरकारले १ सय शय्या भएको अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट स्थापना गर्न निर्देशन दिएको छ ।
मुलुकभर कोरोना संक्रमणको दर बढेसँगै अस्पताल भर्ना हुने बिरामीलाई अक्सिजनको आवश्यकता पनि बढ्दै गएकाले १५ दिनभित्र अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिसक्न निर्देशन दिएको छ ।
न
नेपालमा पछिल्लो समय कोरोना संक्रमितको अक्सिजन अभावका कारण हुन थालेको र अस्पतालहरुले बिरामी भर्ना गर्न नसकिने भन्न थालेपछि सरकारले सो निर्देशन दिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर रहेका १ सय शय्याका नीजि तथा सामुदायिक अस्पतालमा आजको मितिबाट १५ दिनभित्र अक्सिजन प्लान्ट स्थापना गरेर मन्त्रालयमा जानकारी गराउनु पर्ने बताए ।
यस्तै सहजीकरणका लागि मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले गर्ने पनि उनले बताए ।
प्रवक्ता डा. गौतमले कोभिड संक्रमितको उपचार गर्ने सबै निजी तथा सामुदायिक अस्पताललाई अनिवार्य आईएमईमा दर्ता गराउन पनि आग्रह गरिएको बताए । उनले आईएमईमा दर्ता उपचाररत अस्पताललाई मात्रै कोभिड उपचार गर्ने अस्पतालमा गणना गरिने पनि बताए ।