२४ घन्टामा थपिए ९ हजार ३ सय ५ नयाँ संक्रमित, सक्रिय संक्रमितको संख्या १ लाख नाघ्यो
काठमाडौं, २९ वैशाख । नेपालमा फेरि कोरोना संक्रमणको दैनिक दर ९ हजार नाघेको छ ।
गत २४ घन्टामा नेपालमा ९ हजार ३ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २० हजार ७ सय ८६ कोरोना परीक्षण गरिएको छ । जसमा २० हजार ३ सय ६२ आरटी पिसिआर र ४ सय २४ एन्टीेजेन परीक्षण गर्दा ६७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
देशभर थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ४ लाख २२ हजार ४ सय १६ पुगेको छ ।
यस्तै गत २४ घन्टामा देशभर ४ हजार ४ सय ४४ जना कोरोना संक्रमित स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमितभएकामध्ये निको हुनेको संख्या ३ लाख १६ हजार ४ सय ६३ पुगेको छ । यो दर कुल संक्रमितको ७४ दशमलव ९ प्रतिशत रहेको छ ।
नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाख नाघेको छ । मन्त्रालयका अनुसार हाल देशभर १ लाख १ हजार ६ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् । जसमा ९४ हजार ३ सय ४३ जना होम आइसोलेसनमा रहेका छन् भने ७ हजार २ सय ९१ रहेको छ ।