नेपालमा लगातार तेस्रोदिन १ सयभन्दा बढीको कोरोनाका कारण मृत्यु, २ सय ८५ जना भेन्टिलेटरमा

काठमाडौं, २९ वैशाख । नेपालमा लगातार तेस्रोदिन १ सयभन्दा बढीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा नेपालरभ थप १ स ६८ जनको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार २ सय ५२ पुगेको छ ।
यसअघि नेपालमा सोमवार एकैदिन १ सय ३९ जनाको मृत्यु भएको छ भने मंगलबार २ सय २५ जनाको मृत्यु भएको थियो ।
यस्तै हाल नेपालभर रहेका संक्रमितमध्ये १ हजार २ सय ४१ जना आईसीयूमा उपचाररत छन् भने २ सय ८५ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।
Last modified on 2021-05-12 18:06:11