बुटवलमा कोरोना संक्रमित थप ६ जनाको मृत्यु



Download our app to get more features

रुपन्देही, २९ बैशाख । बुटवलमा उपचाररत ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ५ पुरुष र १ महिलाको मृत्यु भएको हो । 

उनीहरुले आईसीयु र एचडीयू बेड कुर्दाकुदै  ज्यान गुमाउ नुपरेको हो । मृत्यु हुनेमा तानसेन १४ का ३८ वर्षिय पुरुष रहेका छन् उनको मंगरबार राती ११ बजे मृत्यु भएको थियो ।

त्यस्तै, सैनामैना ७ रुपन्देहीका ३५ वर्षीय पुरुषको मंगलबार साँझ ६ः३५ बजे, बैशाख २६ गते देखि इमर्जेन्सीमा रहेका बुटवल ११ का ५२ वर्षीय पुरुषको मंगलबार साँझ ५ः३३ बजे मृत्यु भएको थियो । 
मंगलबार नै लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा पुगेकी तिलोत्तमा ६ की ७० वर्षीया महिलाको आज बिहान ७ः५२ मा मृत्यु भएको र बैशाख २४ देखि ईमर्जेन्सीमा रहेका तिलोत्तमा १ का ५७ वर्षीय पुरुषको पनि आज बिहान ५ः५२ बजे मृत्यु भएका अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

मंगलबार नै सिकिस्त अवस्थामा इमर्जेन्सीमा ल्याईएका बुटवल ६ का ४४ वर्षीय पुरुषलाई थप उपचारका लागि कोरोना विशेष अस्पतालको एचडीयू बेडमा पुर्याए लगत्तै मंगरलर राती ७ बजे मृत्यु भएको उनले बताए ।

यो सँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २९९ पुगेको छ

Last modified on 2021-05-12 12:45:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts