कैलालीमा थप एक कोरोना संक्रमितको मृत्यु 



Download our app to get more features

धनगढी, २९ बैशाख ।  कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। 
जिल्लाको अत्तरियास्थित सुदूरपश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचाररत गोदावरी नगरपालिका–१ का ४७ वर्षीय पुरुषको ज्यान गएको हो।

मंगलबार अस्पतालमा उपचारका लागि पुगेका उनको एन्टिजेन विधिबाट परीक्षण गर्दा उनीमा कोरोना पुस्टि भएको थियो। त्यसको केही घण्टापछि राति करिब ८ बजेतिर उनको मृत्यु भएको सामुदायिक अस्पतालका अध्यक्ष आनन्द भट्टले बताए। 
उनीमा अक्सिजनको मात्रा एकदमै कम रहेको र अस्पताल पुग्दा अक्सिजन दिएपनि बचाउन नसकिएको उनले बताए।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts