भेरोसेलको दोस्रो डोज जेठ २ बाट शुरु हुने
काठमाडौं, २९ बैशाख । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले कोभिड-१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने मिति तय गरेको छ। मंगलवार जिल्ला स्वास्थ्य कार्यालयले एक सूचना जारी गर्दै जेठ २ बाट भेरोसेलको दोस्रो डोज लगाउने मिति तय भएको जनाएको हो।
खोप लगाउने केन्द्रहरु काठमाडौंका विभिन्न तहहरुमा तोकिएको छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आइसिएस बैठकको मिति २०७८/०१/२२ गतेको निर्णय र जिल्ला विपत व्यवस्थापन केन्द्र, काठमाडौंको मिति २०७८/०१/२५ गतेको निर्णय अनुसार दोस्रो चरणको कोभिड १९ बिरुद्धको खोप (भेरोसेल दोश्रो मात्रा) अभियान मिति २०७८/०२/०२ गते देखि सञ्चालन हुने भएको छ, बागमती स्वास्थ्य निर्देशनालय प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जारी गरेको सूचनामा भनिएको छ,
यस अवधिमा १८ देखि ५९ वर्ष उमेरका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको खोप ९भरोसेल दोश्रो मात्र लगाउने कार्यक्रम रहेको छ। जेठ २ बाट ९ दिनसम्म चल्ने खोपमा एक लाख ५९ हजार ४९९ जनालाई खोप लगाउने लक्ष्य राखेको छ।
चीनमा उत्पादित भेरोसेल भ्याक्सिन दिन चैत २५ बाट लगाउन सुरु गरिएको थियो।