बंगलादेशबाट १० हजार भाइल रेम्डेसिभिर नेपाल ल्याइयो, आजबाट अस्पताललाई वितरण गरिने

स्वास्थ्य सामग्री लिन चीन पुगेको विमान काठमाडौंमा अवतरण



Download our app to get more features

काठमाडौं, २९ वैशाख । कोरोना महामारीविरुद्ध प्रयोग हुने आवश्यक स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । 

सरकारले दुई वटा जहाज दुई छिमेकी मुलुक स्वास्थ्य सामग्री लिनका लागि पठाएको थियो । 

नेपाल वायुसेवा निगमको वाईड बडी जहाजबाट चीन सरकारको अनुदान सहयोगमा २० हजार अक्सिजन सिलिन्डरमध्ये पहिलो खेपमा ४ सय वटा अक्सिजन सिलिन्डर, १० वटा भेन्टिलेटर र १ सय ७० वटा अक्सिजन कन्सन्ट्रेटर पनि मंगलवार नेपाल आइपुगेको छ । 

यस्तै, कोरोनाका जटिल बिरामीका लागि आवश्यक पर्ने रेम्डेसिभिरको ३२ हजार भाइल बंगलादेशबाट मंगलवार काठमाडौं आइपुगेको छ ।

रेम्डेसिभिर लिनका लागि हिमालय एयरलाइन्सको विमान मंगलवार ढाका गएको विमान मंगलवार राति नै सामान लिएर काठमाडौं आइपुगेको हो । 

नेपाल आयातकर्ता संघका महासचिव पवन आचार्यले बंगलादेशबाट आएको ३२ हजार भाइल रेम्डेसिभिर मध्ये १० हजार भाइल नेपाल सरकारलाई बंगलादेश सरकारले अनुदानमा उपलब्ध गराएको र बाँकी २२ हजार भाइल आयान हेल्थ केयर प्रालिले ल्याएको बताए । 

हाम्रो डाक्टरसँगको कुराकानीमा उनले नेपाल भित्रिएको रेम्डेसिभिर आजबाट नै विभिन्न अस्पतालमा बाँडिने बताए ।
 
सरकारले विभिन्न चरणमा कोरोना संक्रमितको उपचारका लागि प्रयोग हुने रेम्डेसिभिर नेपाल आयात गर्दै अस्पतालहरुलाई वितरण गर्दै आएको छ । 

Last modified on 2021-05-12 10:51:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts