नेपालमा कोरोनाका कारण मृत्यु हुने दरमा नयाँ रेकर्डः २ सय २५ को मृत्यु, १ हजारभन्दा बढी आईसीयूमा



Download our app to get more features

काठमाडौं, २८ वैशाख । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको नयाँ रेकर्ड कायम भएको छ ।

गत २४ घन्टामा हालसम्मकै धेरै मानिसको एकैदिन कोरोनाका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २ सय २५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा कोरोनाका कारण मृत्यु हुने यो सबैभन्दा धेरै संख्या हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ९९ प्रतिशत हो ।

यस्तै कोरोना संक्रमणपछि आईसीयूमा भर्ना हुनेको संख्या १ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल देशभर रहेका संक्रमितमध्ये १ हजार ८४ जनाको उपचार आईसीयूमा भइरहेको छ भने २ सय ९० जनाको उपचा भेन्टिलेटरमा भइरहेको छ ।

Last modified on 2021-05-11 20:36:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts