नागरिकलाई कोरोनाविरुद्धको खोपमा पहुँचका लागि सरकार प्रतिवद्धः मन्त्री त्रिपाठी



Download our app to get more features

काठमाडौं, २८ वैशाख । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले अबको केही दिनमै कोरोनाविरुद्धको खोप नेपाल आइपुग्ने बताएका छन् ।

मंगलवार आयोजित भर्चुअल पत्रकार सम्मेलनको क्रममा मन्त्री त्रिपाठीले नेपालमा खोप अभियान प्रभावित हुनुको कारण समयमै खोप प्राप्त नभएको बताए । 

उनले नेपालमा कोरोनाविरुद्धको खोप ल्याउनमा सरकारले नै वेवास्ता गरेको आरोपलाई खण्डन गर्दै खोप उत्पादन कम्पनी भारतको सिरम इन्स्च्यिूटमा आगलागी भएको र भारतले खोपको निर्यातमा रोक लगाएको कारण ढिलाई भएको बताए ।

यस्तै भारतले खोप उत्पादन कम्पनीलाई २० प्रतिशतसम्म खोप निर्यात गर्ने अनुमति दिएको हुँदा पहिलो खोप दिनका लागि नेपाल प्राथमिकतामा रहेको मन्त्री त्रिपाठीले जानकारी गराए ।

उनले सरकारले खोप खरिदका लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत् ८० प्रतिशत बजेट पठाइसकेको भन्दै अबको केही दिनमै खोप नेपाल भित्रिने बताए ।

उनले नेपाल सरकारले हालसम्म २० लाख कोरोनाविरुद्धको खोप मात्रै खरिद गरेकोमा १० लाख डोज नेपाल आएको र बाँकी अबको केहि दिनमै नेपाल आइपुग्ने र फेरी खोप अभियानलाई निरन्तरता दिइने बताए ।

मन्त्री त्रिपाठीले नेपाली जनतालाई कोरोनाविरुद्धको खोप लगाउनका लागि अमेरिका र रुससँग सकारात्मक छलफल भइरहेको भन्दै बेलायतमा कोरोनाको दोस्रो चरणको लहर सुरु हुँदा बेलायतबाट खोप आउने विषयमा छलफल रोकिएको पनि बताए ।

यस्तै कोभ्याक्स अन्तर्गत नेपाल सरकारले ३ लाख ४८ हजार डोज खोप नेपालले प्राप्त गरेको र आउन केही समय लाग्ने मन्त्री त्रिपाठीको भनाइ छ । 

मन्त्री त्रिपाठीले ४ डलरमा यदि कुनै खोप उत्पादन कम्पनीले खोप दिन तयार भयो भने सरकारले २ करोड खोप खरिद गर्नका लागि सरकार तयार रहेको बताए ।

खोपमा भ्रष्टाचार भएको भन्ने विषयमा सोमवार संसदमा सांसदहरुले लगाएको आरोपलाई खण्डन गर्दै मन्त्री त्रिपाठीले जानकारी नभई बोल्ने काम गर्नु उचित नरहेको हुँदा बुझेर मात्रै बोल्न भने ।

मन्त्री त्रिपाठीले भने, 'सरकारले महामारी जस्तो समयमा आफ्ना सबै संयन्त्रण परिचालन गरेको छ । खोपमा सरकारले भ्रष्टाचार गर्यो भनेर अनर्गल प्रचार नगर्नुस् । जे जानकारी चाहिन्छ हामीसँग बुझ्नुस अनि मात्रै बोल्नुस् ।' 

Last modified on 2021-05-11 18:09:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts