शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पिसिआर परीक्षण बन्द



Download our app to get more features

काठमाडौं, २८ बैशाख । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पिसिआर परीक्षणका आवश्यक कीट सकिएपछि बन्द गरेको छ।

अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले निषेधाज्ञाका कारण बाहिरबाट परीक्षणका लागि आवश्यक  एक्सपान्सन सामग्री आउन नसकेपछि कीट अभाव भएकाले केही दिनलाई परीक्षण बन्द गरिएको बताए। 

निर्देशक राजभण्डारीले केही दिन आवश्यक परीक्षण सामग्री आएपछि पुनः परीक्षण सुरु गरिने बताए।
टेकु अस्पतालमा दैनिक पाँच  सय बढी व्यक्तिको पिसिआर परीक्षण हुँदै आएको थियो।


 

Last modified on 2021-05-11 16:18:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts