नेपालमा कोरोनाका कारण मृत्यु हुनेको नयाँ रेकर्ड: एकैदिन १ सय ३९ जनाको मृत्यु



Download our app to get more features

काठमाडौं, २७ वैशाख । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको नयाँ रेकर्ड कायम भएको छ ।

गत २४ घन्टामा हालसम्मकै धेरै मानिसको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १ सय ३९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ८ सय ५९ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ९६ प्रतिशत हो ।

नेपालमा पछिल्लो समय कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ । 

यस्तै हाल देशभर रहेका संक्रमितमध्ये ९ सय १० जना आईसीयूमा उपचाररत छन् भने २ सय ९५ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।

नेपालमा पछिल्लो समय कोरोनाका कारण संक्रमण दर बढेसँगै अस्पताल भर्ना हुने गम्भीर बिरामीको संख्या पनि बढ्दै गएको छ ।

Last modified on 2021-05-10 20:06:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts