रुपन्देहीमा पत्रकारहरु संक्रमित हुने दर बढ्दै, पत्रकार महासंघद्वारा राहत कोषको स्थापना
बुटवल, २७ वैशाख । रुपन्देहीमा कोरोना भाइरसका कारण पत्रकारहरुपनि संक्रमित हुन थालेका छन् ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अनुसार जिल्लामा हालसम्म १८ जना पत्रकारहरु कोरोनाका कारण संक्रमित भएका छन् ।
पत्रकारहरुमा कोरोना संक्रमणको दर पछिल्लो समय बढ्न थालेपछि पत्रकार महासंघ रुपन्देहीले राहत कोषको स्थापना गरेको छ ।
महासंघका अध्यक्ष रामराज पोखरेल र सचिव विनोद परियारद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा पत्रकारहरुका लागि राहत कोषको स्थापना गरिएको बताइएको छ ।
यस्तो छ महासंघले जारी गरेको विज्ञप्तिः
Last modified on 2021-05-11 08:21:26