भरतपुर अस्पतालमा उपचाररत् चितवनकी कोरोना संक्रमित महिलाको मृत्यु



Download our app to get more features

चितवन, २७ वैशाख । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा उपचाररत् थप एकजना कोरोना भाइरस (कोभिड–१९) संक्रमित महिलाको मृत्यु भएको छ ।

चितवन जिल्लाको भरतपुर महानगरपालिका–३ की ८३ वर्षीया वृद्धाको सोमबार बिहान ४ः१० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । 

स्वास्थ्यमा समस्या देखिएपछि उनीलाई यहि वैशाख १६ गते अस्पताल भर्ना गरिएको थियो । उनमा वैशाख १८ गते संक्रमण पुष्टि भएको हो । उनको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनमा श्वासप्रश्वासमा समस्यासँगै शरीरमा अक्सिजनको मात्रा कम भएको अस्पतालले जनाएको छ । उनमा जटिल प्रकृतिको कोभिड निमोनिया समेत देखिएको थियो । अस्पतालका अनुसार उनी मधुमेह तथा थाइराइडको बिरामी समेत थिईन् । स्वाथ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसमेत जिल्लाभर अहिलेसम्म एकसय ३९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts